रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालबालिकाको मृत्यु, एकजना बेपत्ता

रुकुम पश्चिम | साउन १, २०८१

रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालबालिकाको मृत्यु, एकजना बेपत्ता

रुकुम पश्चिम:   गएरातीको अबिरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ ।


रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको हो ।


मृत्यु हुनेहरुमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख रबी केसीले बताउनुभयो । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् ।


त्यस्तै बाढीबाट अन्य सातजना घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्